बलिउड । अभिनेता सैफ अली खान चौँथो पटक पिता बनेका छन् । उनकी दोस्रो पत्नी तथा अभिनेत्री करीना कपूरले दोस्रो बच्चाको जन्म दिएपछि सैफ चारवटा सन्तानको पिता बनेका हुन् । सैफकी पहिलो पत्नी तथा अभिनेत्री अमृता सिंहका दुई सन्तान छन् ।
छोरा इब्राहिम र छोरी सारा खान । सैफले पहिलो पत्नी अमृतालाई सम्बन्धविच्छेद गरेपछि करीनासँग विवाह गरेका हुन् । सैफले आफूभन्दा १२ वर्ष जेठी अमृतासँग विवाह गरेका थिए । मिडिया रिपोर्टका अनुसार फिल्म निर्माता राहुल रवैलको एउटा फिल्म सेटमा नजिकिएका सैफ र अमृताले सन् १९९१ मा विवाह गरेका थिए ।
तर १३ वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो । सम्बन्धविच्छेदपछि सैफले ५ करोड (भारतीय रकम) दिएका थिए । उनले २.५ करोड पहिलोपटक र २.५ करोड दोस्रोपटक गरेर ५ करोड दिएका थिए ।
साथै, सैफले इब्राहिम १८ वर्षको हुँदासम्म हरेक महिना १ लाख दिएका थिए ।