नक्कली इमेल मामिलामा बयान दर्ता गर्न कमिश्नर अफिस पुगे ऋतिक रोशन - Crazysaptahik.com

नक्कली इमेल मामिलामा बयान दर्ता गर्न कमिश्नर अफिस पुगे ऋतिक रोशन

अभिनेता ऋतिक रोशन मुम्बई पुलिस कमिश्नरको अफिस पुगेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई प्रहरी क्राइम ब्रान्चको युनिटले नक्कली इमेल आइडी मामिलामा सन् २०१६ को ऊजुरीको सिलसिलामा बयान दर्ता गर्नका लागि उनलाई पत्र पठाएको थियो ।

वास्तवमा सन् २०१६ मा ऋतिक रोशनले एक ऊजुरी दर्ता गरेका थिए जसमा उनले कसैले उनको नक्कली आइडी बनाएर कंगनासँग कुरा गरिरहेको थियो । जानकारीका अनुसार अनुसन्धानको क्रममा कंगना र उनकी बहिनीसँग पनि सोधपुछ गरिएको थियो ।

सन् २०२० मा यो मुद्दा क्राइम ब्रान्चको क्राइम इन्टेलिजेन्स युनिटलाई ट्रान्सफर गरिएको थियो ।

सम्बन्धित खवर