गुरुङ् दम्पतीद्वारा जग्गा प्रदान - Crazysaptahik.com

गुरुङ् दम्पतीद्वारा जग्गा प्रदान

सनम रोक्का
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका ४ गुरुङ टोल (मन्त्री चोक) निवासी समाजसेवी दम्पती बैजन्तीमाला र रुद्र बहादुर गुरुङ्ले भूमी विहिनलाई जग्गा प्रदान गरेका छ्न ।


मंगलबार एक कार्यक्रमका बिच ७ जना भूमी विहिन स्थानीयहरूलाई उनिहरूले जग्गा प्रदान गर्ने प्रतिबद्धता गरेका हुन । स्थानीय एगिन गुरुङ, सुनिल बि.क, तारा बि.क, उषा राई, स्वस्तिका राई, चन्द्र बहादुर राई र अमृत लिम्बूलाई संयुक्त रुपमा २ कट्ठा १ धुर प्रदान गरेको जग्गादाता बैजन्तीमाला गुरुङले बताइन ।
उनिहरूसँग आफ्नो स्वामित्वको जग्गा छैन, केहि अरुको जग्गामा शरण लिएर बसिरहेका छ्न भने केहि कोठा भाडा लिएर बस्दैँ आइरहेका छ्न । भोलि यो ठाउँ छोडेर जा भन्दा, उनिहरूको जाने ठाउँ छैन । त्यसैले हाम्रो परिवारले मानवता र छिमेकीको हिसाबले सानो गरेका हो, ‘उनले बताइन् ।

स्थानीय ज्योतिमाया तामाङ, चेत बहादुर कार्कीले बैजन्तीमाला गुरुङले अहिले मात्र नभई विगत देखिनै समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, ग्रामीण महिला उत्थान, महिला सशक्तीकरण, टोल स्थरको पुर्वाधार विकास लगायतको क्षेत्रमा उतुलनिय कार्य गरेको स्मरण गरे ।
जग्गा प्राप्त गर्ने एलिन गुरुङ, तारा बि.क लगायतले जग्गा प्रदान गर्नुहुने दातालाई धन्यवाद दिदैँ आगामी दिनहरूमा पनि सहयोगका हातहरू निरन्तर अघि बढिरहन्छ भन्ने आशा रहेको बताए ।
सो अवसरमा बोल्दैँ कानेपोखरी ६ का अध्यक्ष खडग बस्नेतले जग्गा पाउने व्यक्तिहरू निम्न आयस्रोतका भएकाले पालिकाको जनता आवास कार्यक्रम अन्तर्गत रहेर घर निर्माणमा केही हदसम्म सहयोग गरिने बताए । उनले भने ‘हामी पालिकामा छलफल गरेर कार्यान्वयन गर्ने छौं ‘।

बैजन्तीमाला गुरुङ्ग समाजसेवा, महिला अभियान्ता र महिला उद्यमशिलता पथप्रर्दशकका लागि करिब २ दशक अघिदेखिको एक सम्झनयोग्य नाम हो ।
विगतदेखीनै समाजसेवामा गुरुङ सक्रिय हुनुहुन्छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.