अक्षय कुमारको ‘पृथ्वीराज’ जुन १० मा रिलिज हुने - Crazysaptahik.com

अक्षय कुमारको ‘पृथ्वीराज’ जुन १० मा रिलिज हुने

ऐतिहासिक कथामा आधारित बहुप्रतिक्षित बलिउड चलचित्र ‘पृथ्वीराज’को रिलिज मिति तय भएको छ । बलिउड अभिनेता अक्षय कुमार र पूर्व विश्व सुन्दरी मानुषी छिल्लरको मुख्य भूमिका रहेको यो चलचित्र आगामी जुन १० मा रिलिज हुने भएको छ । यसअघि यो चलचित्रको प्रदर्शन मिति जनवरी २१ लाई तोकिएको थियो ।

तर कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसँगै भारतमा सिनेमा हलहरु बन्द भएपछि निर्माणपक्षले अनिश्चितकालका लागि प्रदर्शन स्थगित गरेको थियो । चलचित्रको निर्माणपक्षले बिहीबार ‘पृथ्वीराज’को मोसन पोस्टर सार्वजनिक गर्दै चलचित्रको नयाँ प्रदर्शन मिति तोकेको हो ।

चलचित्रमा अक्षय कुमारले सम्राट पृथ्वीराज चौहानको भूमिका निर्वाह गरेका छन् ।चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेको ‘पृथ्वीराज’मा अक्षय र मानुषीका साथै सोनु सुद र सञ्जय दत्तले पनि अभिनय गरेका छन् । फस्ट लुक सार्वजनिक भएसँगै यो चलचित्रलाई लिएर दर्शकहरु उत्साहित देखिएका छन् ।

सम्बन्धित खवर