‘शक्तिमान’ अब ठूलो पर्दामा - Crazysaptahik.com

‘शक्तिमान’ अब ठूलो पर्दामा

सोनी पिक्चर्सले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ । ९० को दशकको सर्वाधिक हिट टीभी शो ‘शक्तिमान’को भूमिकालाई चाँडै नै पर्दामा ल्याउने तयारी भएको सोनी पिक्चर्सले उल्लेख गरेको छ । यसका लागि सोनी पिक्चर्सले चलचित्र निर्माणको अधिकार खरिद गरेको हो ।

‘शक्तिमान’ सिरियलका चर्चित कलाकार मुकेश खन्ना र सोनी पिक्चर्सले यो चलचित्रलाई निर्माण गर्नेछन् । तर ठूलो पर्दामा शक्तिमानको भूमिका कसले निर्वाहा गर्दैछन् भन्ने विषयमा कुनै पनि जानकारी दिइएको छैन । तर नाम चलेका एक सुपरस्टारले नै यो भूमिकामा काम गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

बलिउडको अहिलेसम्मकै ठूलो सुपरहिरो चलचित्रको रुपमा ‘शक्तिमान’ निर्माण हुने बताइएको छ । सिरियल ‘शक्तिमान’ टेलिभिजनको सर्वाधिक लोकप्रिय कार्यक्रम हो । यसमा मुकेश खन्नाले काम गरेका थिए । जसलाई बालबालिकाले अत्यधिक मन पराएका थिए ।

सम्बन्धित खवर