कानेपोखरीमा सुकुम्बासीद्वारा भू-माफियाहरू कुटिए र गाडी पनि तोडफोड - Crazysaptahik.com

कानेपोखरीमा सुकुम्बासीद्वारा भू-माफियाहरू कुटिए र गाडी पनि तोडफोड

क्रेजी संवाददाता
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका ६ दहिधापमा अर्कोको जग्गा हेर्न आउँने तीन भू-माफियाहरूको स्थानीयले कुटपिट र उनिहरूको गाडी समेत तोडफोट गरिदिएका छ्न ।   

बिहिबार ६ नम्बरको दहिधापमा काठ्माडौं निवासी हिरामणी दाहाल र हरिप्रसाद दाहालको नाममा रहेको जग्गा हेर्न आउने तीन जनालाई मरासन्न हुने गरी कुटपिट गरेको हो । रामेछाप जिल्ला सुनपाती गाउँपालिका घर भई काठ्माडौ बस्दै आएका सेरबहादुर मगर, काठ्माडौ जोरपार्टी ७ बस्ने पर्लादमान सिंह बस्नेत र सोलुखुम्बु दुधकुन्जा नगरपलिका बस्ने नुतन श्रेष्ठलाई स्थानीयले पक्राउ गरी कुटपिट गरेका हुन । आक्रोशित स्थानीयहरुले उनीहरु सवार बा ९ च ५७७३ नम्बरको कार पनि तोडफोड गरेका थिए ।

बिहीबार दहिधापमा वर्षौदेखि यहाँका सुकुम्बासीहरुले भोगचलन गर्दै आएका जग्गा हेर्न उनीहरु आएका थिए । जग्गा हेर्न आएका उनीहरुले फोटो खिच्न थालेपछि स्थानीयले भू माफिया आएको र यहाँका सुकुम्बासीलाई उठाउने सक्ने भन्दै कुटपिट गरेका थिए । ठूलो संख्यामा भेला भएका स्थानीयहरू कुटपिट र तोडफोडमा उत्रिएपछि स्थायी प्रहरी चौकी रमाइलो, इलाका प्रहरी कार्यालय पथरी र सशस्त्र प्रहरी बल शनिश्चिरे पुगेको थियो । ठूलो संख्यामा सुरक्षाकर्मी खटाएपछि भीड नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

७ घण्टासम्म स्थानीयको घेराबन्दीमा रहेका उनीहरुलाई प्रहरीले बिहीबार साँझ इप्रका पथरी लिएर आएको डिएसपी कृष्ण खड्काले बताए । वर्षौदेखि बसोवास गर्दै आएका सुकुम्बासीहरुले भोगचलन गर्दै आएका जग्गाको फोटो र भिडियो खिच्ने गरेको देखेपछि भू–माफिया हुनसक्ने भन्दै स्थानीयले नियन्त्रणमा लिएर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

प्रशासनको रोहबरमा तीन बुँदे सहमति गरेपछि उनीहरूलाई छोडेको थियो । इप्रका पथरीमा भएको छलफलमा आउँदा दिनमा माफिया गिरी नगर्ने, सुकुम्बासीलाई दुःख नदिने, आउँदा दिनमा नआउने प्रतिबद्धता गरेपछि सहमति गरेर छोडेको स्थानीय अम्बिका अर्यालले बताए ।

कानेपोखरीको गाउँपालिका भित्र झण्डै पाँच हजार घरधुरी सुकुम्बासी रहेका छन् । सबैभन्दा बढी कानेपोखरी ६ मा रहेको छ । कानेपोखरी ६ मा मात्र १ हजार ३ सय घरधुरी सुकुम्बासी रहेका छन् । नयाँ मान्छे आएर सुकुम्बासीले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा हडप्न खेजे स्थानीय एकजुट भएर माफियाहरूलाई लखेट्ने गरेका छन् ।
यहाँ यो घटना भने नौलो होइन, यस अघि २०७३ सालमा पनि यस्ता घटना भएको थियो । उतिखेर तीनजना मध्ये सेरबहादुर मगरले ठुलै ग्याङ ल्याएर नापजाँप गर्दा स्थानीय र उनिहर विच झडप भएको वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतले बताए । तीन जना मध्ये सेरबहादुर मगर भूमाफियाको मुख्य नाइके रहेको छ । घटनामा ती मध्ये सोलुखुम्बु दुधकुन्जा नगरपलिका बस्ने नुतन श्रेष्ठ निर्दोष देखिन्छ । श्रेष्ठलाई कार चालक पर्लादमान सिंह बस्नेतले त्यस तर्फ ल्याएर आएको बताइएको छ । सेरबहादुर मगर र कार पर्लादमान सिंह बस्नेत पुरानो चिनजान भएको उनिहरुले बताएका छन् ।

नुतन श्रेष्ठ काठ्माण्डौं मल्टीप्रपोज कन्ट्रकसन कम्पनीका निर्देशक रहेको छ । पर्लादमान सिंह बस्नेत भने सोही कम्पनीको सिओको चालक रहेको छ । जुन क्षती भएको बा ९ च ५७७३ नम्बरको कार पनि सोही कम्पनीको सिओको कार रहेको कम्पनीको होल्ड टेक्नीकल डिर्पाटमेन्ट मनोज पौडेलले बताए । काठ्माण्डौं मल्टीप्रपोज कन्ट्रक्सन कम्पनीले झापाको गौरीगञ्जमा एउटा फाक्टरीको कन्ट्रक्सन सम्बन्धी काम भईरहेकोले त्यस तर्फ काममा नुतन श्रेष्ठ आउने जाने गरेको श्रेष्ठले बताए ।

साविकको वडा नं. ८ दहिधाप माथी काठमाडौं निवासी हिरामणी दाहालको नाममा १२ विगाह र हरिप्रसाद दाहालको नाममा १३ विगाहको पुर्जा रहेको छ । उनिहरुको पुर्जाले वन क्षेत्र पनि भेटेको वडाध्यक्ष खड्ग बस्नेतले बताए । जुन क्षेत्रमा सुकुम्बासीको बस्ती रहेको छ । दाहाल परिवारले उतिखेर मालपोतको कर्मचारीसँगको मिलेमतोमा पैसा खर्च गरी सो बराबरको जग्गाको पुर्जा आफ्नोमा बनाएको वडाध्यक्ष बस्नेत बताउँछन् । त्यस जग्गामा सेरबहादुर मगरको ७० लाख खर्च भएको बताउँछन । यस अघि पनि ६ करोडमा जग्गा दिदैँछन् भनेर धरानको गोपाल विष्ट, गछियाको भूपाल तामाङ र सुन्दरहरैचाको अशोक जिम्बा त्यस स्थानमा आएका थिए ।

सम्बन्धित खवर