गजल - Crazysaptahik.com

 गजल

  • 🖋 तारा लाओती लिम्बू 

मलाई उनीसंगै प्रेम दिवस मनाउने मन छ

रातो गुलाब उनकै हातमा थमाउने मन छ

एक आपसमा भरपूर प्रेमभाव पोख्ने दिनमा

बगैंचामा भेटी उनीसंगै मलाई रमाउने मन छ

प्रेमिल जोडीहरू संगसंगै खुशीले रम्दै डुलिरहँदा

फलैंचामा बसी ठट्टा गर्दै उनलाई हँसाउने मन छ

मायाका शब्दहरू उनी सामु प्रकट गरिरहँदा मैले

वाचा कसम खाँदै उनलाई दिलमा बसाउने मन छ

चोखो माया प्रेम सायद कमैले गर्लान यो दुनियाँमा

निस्वार्थ भई सदा उनलाई जीवनमा सजाउने मन छ

📃

-पथरी-शनिश्चरे नगरपालिका-१, मोरङ

सम्बन्धित खवर