भ्यालेन्टाइन डेको अवसरमा ‘राधे श्याम’को रोमान्टिक टिजर - Crazysaptahik.com

भ्यालेन्टाइन डेको अवसरमा ‘राधे श्याम’को रोमान्टिक टिजर

साउथ फिल्म स्टार प्रभास र अभिनेत्री पूजा हेगडेको आगामी चलचित्र ‘राधे श्याम’को रोमान्टिक टिजर सार्वजनिक गरिएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर निर्माणपक्षले सोमबार चलचित्रको टिजर रिलिज गरेको हो । टिजरमा प्रभास र पूजाको दमदार केमेस्ट्रीको झलक देखिन्छ ।

यसमा प्रभासले पूजालाई रोमान्टिक तवरमा प्रेम प्रस्ताव राखिरहेको देख्न सकिन्छ । राधाकृष्ण कुमारले निर्देशन गरेको यो चलचित्र मार्च ११ मा रिलिज हुँदैछ । यसअघि जनवरी १४ मा प्रदर्शन मिति तोकिएपनि कोरोना संक्रमणको तेस्रो लहरका कारण पछि सारिएको थियो ।मूल रुपमा तेलुगू भाषामा बनेको ‘राधे श्याम’ हिन्दी, तमिल, कन्नड र मलयालम भाषामा पनि रिलिज हुनेछ ।

सम्बन्धित खवर