उर्फी जावेदले जिन्स च्यातेर बनाइन् यस्तो ड्रेस - Crazysaptahik.com

उर्फी जावेदले जिन्स च्यातेर बनाइन् यस्तो ड्रेस

भारतीय टेलिभिजन अभिनेत्री उर्फी जावेद आफ्नो विभिन्न गतिविधिका कारण चर्चामा आइरहन्छिन् । उनी एकपटक फेरि आफ्नो पहिरन शैलीका कारण चर्चामा छिन् । हालै उर्फीले जिन्स च्यातेर यस्तो पहिरन बनाएकी छन्, त्यसलाई देखेर मानिसहरु अचम्भित भएका छन् ।

उनले लगाएको नयाँ पहिरन न त पाइन्ट हो, न त टप्स नै । उनले लगाएको यस्तो अनौठो ड्रेस अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा सेयर भएको भिडियोमा जिन्स च्यातेर आफूले बनाएको नयाँ ड्रेस लगाएर उर्फी सडकमा देखिन्छिन् ।

मानिसहरुले ठम्याउन सक्दैनन् कि उनले के लगाएर आएकी हुन् । उनले जिन्सलाई पूरै च्यातेर एक अजीब ड्रेस तयार पारेको देखिन्छ । उर्फीले ट्युब पाइन्ट पहिरिएकी छन् भने यसका साथमा शर्टस् स्टाइलमा पाइन्ट लगाएकी छन् । यसअघि पनि उनले भ्यालन्टाइन डेमा ब्रा लेस भएर शर्टको बटन खोलेको तस्वीर सेयर गरेकी थिइन् । उनको यो शैली पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सम्बन्धित खवर