सलमान खानको रोकिएको नेपाल टुर वैशाख ३ गते हुने - Crazysaptahik.com

सलमान खानको रोकिएको नेपाल टुर वैशाख ३ गते हुने

बलिउड सुपरस्टार सलमान खानको केही वर्ष अगाडि रोकिएको नेपाल कन्सर्ट वैशाख ३ गते हुने भएको छ । यसका लागि सलमानसहित बलिउड कलाकारहरु नेपाल आउने पक्का भएको छ । लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेन्मेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । केही वर्षअघि पनि सलमानलाई नेपाल ल्याउनका लागि ओडीसीले रकम समेत भारत पठाइसकेको थियो ।

तर तत्कालीन समयमा भूमिगत रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कार्यक्रम नगर्न धम्की दिएपछि आयोजकले अन्तिम समयमा सलमानको टुर रद्द गरेको थियो । सलमानसँग भएको कुराकानीमा पैसा फिर्ता दिन भन्दा पनि कार्यक्रम नै गर्ने सहमति भएको आयोजकले बताएको छ । वैशाख ३ गते काठमाडौंको दशरथ रंगाशालामा सलमानको भव्य कन्सर्ट आयोजना हुने बताइएको छ ।

उनको साथमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कोरियोग्राफर एवं निर्देशक प्रभु देवा, अभिनेत्री ज्याकलिन फर्नान्डेज, कार्यक्रम होस्ट मनिष पल, कलाकार आयुश शर्मा, गायक गुरु रन्धावा लगायतको टोली नेपाल आउनेछ ।यसअघि सलमानका भाइ सोहिल खान नेपाल आएर सुरक्षा र सलमान बस्ने होटलको विषयमा जानकारी लिएर गएका थिए । आयोजकले सलमानको टुरले कोरोना महामारीका कारण सुस्ताएको नेपालको पर्यटन व्यवसायलाई थोरै भएपनि राहत दिने विश्वास लिएको छ ।

सम्बन्धित खवर