निर्देशक रेशराज आचार्यको निधन - Crazysaptahik.com

निर्देशक रेशराज आचार्यको निधन

वरिष्ठ फिल्म निर्देशक रेशराज आचार्यको निधन भएको छ । निर्देशक आचार्यको बुधबार साँझ ८ बजे चावहिलस्थित ओम अस्पतालमा हृदयघातले भएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । एक वर्षदेखि अस्वस्थ आचार्यको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि बुधबार ओम अस्पताल पुर्याइएको थियो ।

आचार्यको बिहीबार बिहान पशुपति आर्यघाटनमा अन्तिम दाहसंस्कार गरिएको छ ।‘म आचार्यको निधनको खबर सुनेर पशुपति पुगेको थिए’ अध्यक्ष दाहालले भने, ‘म पुग्दा परिवारले त अन्तिम संस्कार गरिसकेको रहेछ ।’ आचार्य २०४४ मा रिलिज भएको फिल्म ‘तिलहरि’ बाट निर्देशन होमिएका थिए ।

त्यसपछि ‘प्रीतिको फूल’ लगायत केही फिल्म निर्देशन गरेका आचार्यको ‘स्मृति’ नामक टेलिसिरियल हिट मानिएको छ ।आचार्यका श्रीमती र एक छोरा फ्रान्समा बसोबास गर्दै आएका छन् । आचार्यको निधनमा निर्देशक समाजले १३ औं दिन कार्यक्रम आयोजना गर्ने भएको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.