बलिउड अभिनेता, निर्माता तथा निर्देशक फरहान अख्तरले विवाह गरेका छन् । उनले मोडल शिवानी दान्डेकरसँग दोस्रो विवाह गरेका हुन् ।फरहानको पहिलो विवाह सन् १९९८ मा हेयरस्टाइलिस्ट अधुना भववानीसँग भएको थियो । उनीहरुले बिहे गरेको १६ वर्षपछि डिभोर्स गरेका थिए ।
फरहान र शिवानीले आफूहरु प्रेम सम्बन्धमा रहेको पाँच वर्षपछि भव्य समारोहका बीच शनिबार विवाह गरेका हुन् । फरहानले आफ्ना पिता जाबेद अख्तरको खण्डलास्थित फार्महाउसमा विवाह गरेका हुन् । उनीहरुको विवाहमा बलिउडकर्मीहरुको बाक्लो उपस्थिति थियो । कलाकारहरु आलिया भट्ट, रितेश सिधवानी, ऋतिक रोशन, आमिर खान, डिनो मोरियो, राकेश ओेमप्रकाश मेहरा, रिया चक्रवर्ती लगायत विवाह समारोहमा पुगेका थिए ।