नेटफ्लिक्सले आफ्नो थ्रिलर चलचित्र ‘थार’को घोषणा गरेको छ । बदलामा आधारित यो चलचित्रमा बलिउड अभिनेता अनिल कपूर र उनका छोरा हर्षबर्धन कपूरको मुख्य भूमिका रहनेछ । अनिल यो चलचित्रका निर्माता समेत हुन् । पश्चिमी नोयर शैलीबाट प्रभावित ‘थार’मा ८० दशकको कथा छ ।
यसमा सिद्धार्थ अर्थात् हर्षबर्धन कपूर रोजगारीका लागि पुष्करमा पुगेपछि आफ्नो विगतको बदला लिनका लागि यात्रामा निस्कन्छन् । यो थ्रिलर चलचित्रमा अनिल र हर्षबर्धनका अलावा फातिमा सना शेख र सतीश कौशिकको पनि मुख्य भूमिका रहेको छ । ‘थार’लाई राज सिंह चौधरीले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो । चलचित्रलाई राज सिंहले नै लेखेका हुन् ।