रणवीर र कृति उत्कृष्ट अभिनेता–अभिनेत्री, ‘पुष्पा’लाई ‘फिल्म अफ द इयर’को अवार्ड - Crazysaptahik.com

रणवीर र कृति उत्कृष्ट अभिनेता–अभिनेत्री, ‘पुष्पा’लाई ‘फिल्म अफ द इयर’को अवार्ड

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री कृति सेननले दादासाहेब फाल्के अवार्डमा उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् । आइतबार मुम्बईमा आयोजित ‘दादासाहेब फल्के इन्टरनेसनल फिल्म फेस्टिभल–२०२२’मा रणवीरले चलचित्र ‘८३’ र कृतिले ‘मिमी’बाट उक्त अवार्ड प्राप्त गरेका हुन् ।

यसैगरी तेलुगू चलचित्र ‘पुष्पा द राइज’ले ‘फिल्म अफ द इयर’को अवार्ड हात पारेको छ । बक्स अफिसमा धमाकेदार व्यापार गरेको यो चलचित्रमा अल्लु अर्जुनको मुख्य भूमिका रहेको छ । उत्कृष्ट चलचित्रको अवार्ड भने सिद्धार्थ मलहोत्रा अभिनित चलचित्र ‘शेरशाह’ले प्राप्त गरेको छ ।

यसै चलचित्रबाट सिद्धार्थले ‘क्रिटिक्स बेस्ट एक्टर अवार्ड’ र कियारा आडवाणीले ‘क्रिटिक्स बेस्ट एक्टे«स अवार्ड’ हात पारे । ‘क्रिटिक्स बेस्ट फिल्म’को अवार्ड भने ‘सरदर उधम’ले हात पा¥यो । उत्कृष्ट निर्देशकको अवार्ड केन घोषलाई प्रदान गरियो ।

प्रत्येक वर्षजस्तै यो वर्ष पनि चलचित्र, कलाकार र चलचित्रकर्मीलाई दादासाहेब फल्के अवार्डद्वारा सम्मान गरिएको हो । चलचित्र, टेलिभिजनलगायत मनोरञ्जन दुनियाँमा काम गर्नेहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टाछुट्टै ‘क्याटगोरी’मा यो अवार्ड प्रदान गरिएको छ ।

सम्बन्धित खवर