नेपाली दर्शकमा ‘नागिन’ सिरियलको ‘क्रेज’ - Crazysaptahik.com

नेपाली दर्शकमा ‘नागिन’ सिरियलको ‘क्रेज’

चर्चित भारतीय सिरियल ‘नागिन’लाई नेपाली दर्शकहरुले पनि निकै रुचाएको देखिन्छ । यो सिरियलको नेपाली दर्शकमा कति ‘क्रेज’ छ भन्ने बुझ्न युट्युब ट्रेन्डिङको सूची हेरे पुग्छ । ‘नागिन’का तीनवटा भाग युट्युबको नेपाल ट्रेन्डिङको टप १० भित्र छन् ।

‘नागिन ६’को पहिलो भाग नेपालको युट्युब ट्रेन्डिङको ४ नम्बरमा छ । यस्तै ‘भाग २ र ३’ ट्रेन्डिङको ६ र ७ नम्बरमा छन् । भारतीय सिरियल, बलिउड चलचित्रका गीतसंगीत र ट्रेलरले मात्र होइन विगत केही समयदेखि साउथका चलचित्रले नेपालको युट्युबमा कब्जा जमाउन थालेका छन् ।

साउथको हरेक नयाँ चलचित्र युट्युबको १ नम्बर ट्रेन्डिङमा लामो समयसम्म कब्जा गर्न सफल भइरहेको देखिन्छ । पछिल्लो समय नेपाली विषयवस्तुले युट्युबको पहिलो स्थान कब्जा गर्नु दुर्लभ जस्तै हुन थालेको छ । साउथका चलचित्र र भारतीय सिरियलको हालिमुहाली नै ट्रेन्डिङमा देखिन्छ । नेपाली महिला दर्शकमाझ ‘नागिन’ सिरियल सर्वाधिक लोकप्रिय मानिन्छ ।

सम्बन्धित खवर