विजय र रश्मिकाको बिहे चर्चा - Crazysaptahik.com

विजय र रश्मिकाको बिहे चर्चा

साउथ चलचित्रका अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दानाबीच विवाह हुन लागेको खबर भारतीय सञ्चारमाध्यममा छाइरहेको छ । हुन त रश्मिका र विजयले यो विषयमा केही पनि बताएका छैनन् ।

तर यो वर्ष उनीहरुले विवाह गर्न लागेको खबर भने सार्वजनिक भएको छ । विजय र रश्मिका केही महिनादेखि मुम्बईमा नै छन् ।  दुवै जना बलिउड चलचित्रमा अभिनय गरिरहेका छन् । विजय आफ्नो हिन्दी डेब्यु चलचित्र ‘लाइगर’मा काम गरिरहेका छन् ।

मिडिया रिपोर्टका अनुसार रश्मिकाले हालै मात्र मुम्बईमा एक अपार्टमेन्ट पनि किनेकी छन् । विजय र रश्मिका दुवै जना नयाँ वर्ष मनाउन गोवा समेत गएका थिए । चलचित्र ‘डियर कमरेड’मा एकसाथ काम गरेपछि यी दुवैको प्रेम चर्चा सुरु भएको हो ।

सम्बन्धित खवर