मुम्बई प्रहरीको क्राइम ब्रान्चले गत वर्षको फ्रेबुअरीको पोर्नोग्राफी मुद्दामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । यीमध्ये तीन जना आरोपीलाई वेब सिरिजको सुटिङका क्रममा एक अभिनेत्रीलाई बलात्कारको आरोप लागेको छ । भारतीय न्युज एजेन्सी एएनआईले रिपोर्टअनुसार सन् २०२२ को फ्रेबुअरी २२ मा राज कुन्द्रा पोर्नोग्राफी मुद्दाका चार फरार आरोपीलाई पक्राउ गरिएको हो ।
आरोपी नरेश रामावतार, सलिम सैथ्यद, अब्दुल सैयद, अमन बरनवाललाई वेब सिरिजको छायांकनका क्रममा २–२ हजार भारु दिइएको थियो । प्रहरीलाई प्राप्त जानकारीअनुसार कास्टिङ निर्देशक पालको एक अश्लील चलचित्रको सुटिङको समयमा अभिनेत्रीलाई जबरजस्ती मण्डपमा लगिएको थियो ।
जहाँ सलिम सैयद, अब्दुल सईद र अमन बरनवाला उपस्थित थिए । प्रहरीका अनुसार पाल गोवा र शिमलामा लुकेका थिए ।प्रहरीले पोर्नोग्राफी मुद्दामा व्यवसायी राज कुन्द्रा, अभिनेत्री गहना वशिष्ठ लगायतलाई पक्राउ गरेको थियो ।