पल शाह अभिनित चलचित्रका निर्देशक सुदर्शन थापासँग प्रहरीको सोधपुछ - Crazysaptahik.com

पल शाह अभिनित चलचित्रका निर्देशक सुदर्शन थापासँग प्रहरीको सोधपुछ

जबर्जस्ती करणीको आरोप लागेका अभिनेता पल साह अभिनित चलचित्र म यस्तो गीत गाउँछुका निर्माता सुदर्शन थापालाई प्रहरीले सोधपुछका लागि बोलाएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले थापालाई सोधपुछका लागि बोलाएको हो ।

शनिबार उनीसँग सोधपुछ गरेको र त्यसपछि छाडिएको प्रहरी स्रोतको भनाइ छ । पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु हाल प्रदर्शन भइरहेको छ ।

तर पल सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । उनीविरुद्ध एक नाबालक गायिकाले जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.