दुबईमा हुने सिने फेष्ट कार्यक्रममा मेरो संलग्नता छैन : विजय लामा - Crazysaptahik.com

दुबईमा हुने सिने फेष्ट कार्यक्रममा मेरो संलग्नता छैन : विजय लामा

नेपाल एयरलाइन्सका पाइलट तथा कलाकार विजय लामाले चलचित्र विकास बोर्डले फेब्रअरी १२ देखि १५ सम्म दुबईमा गर्न लागेको ‘नेपाल्स सिनेमा फेष्ट २०२३’ मा आफ्नो संलग्नता नरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत लामाले सो कुराको जानकारी दिएका हुन् ।

लामाले बोर्डले आयोजना गर्न लागेको सो कार्यक्रमको पोष्टरमा आफ्नो स्वीकृति बिना तस्बिर राखेको भन्दै गुनासो समेत पोखेका छन् ।

उनले भनेका छन् : ‘यही पोष्टमार्फत यस कार्यक्रमसँग मेरो कुनै पनि संलग्नता नभएको जानकारी गराउन चाहान्छु । आइन्दादेखि कसैले पनि मेरो तस्बिर चलाउन परे पूर्व सूचना या स्वीकृत लिएर मात्रै गर्नुहोला ।’

 

सम्बन्धित खवर