’थलापति ६७’ मा भिलेन सञ्जय दत्त - Crazysaptahik.com

’थलापति ६७’ मा भिलेन सञ्जय दत्त

बलिउड अभिनेता सञ्जय दत्त हिरो र भिलेन दुवै चरित्रमा अब्बल अभिनय गर्छन् । त्यहीकारण उनको फ्यान फलोइङ उल्लेख्य छ । सञ्जयले साउथ फिल्म उद्योगको सुपरहिट फिल्म ‘केजीएफ २’मा भिलेन अधिराको भूमिका निभाएका थिए ।

यिनै सञ्जय अब साउथ अभिनेता थलापति विजयको फिल्म ‘थलापति ६७’मा पनि भिलेनका रुपमा देखिने भएका छन् । फिल्मको निर्देशन लोकेश कगनराजले गर्नेछन् । फिल्मका निर्माता जगदीशले आफ्नो ट्वीटर हेण्डलमा फिल्ममा सञ्जयको लुक्सको पहिलो झलक सार्वजनिक गरेका छन् ।

‘सञ्जय दत्त सर तपाईंले हामीलाई पहिलो भेटमै निकै सहज महसुस गराउनुभएको छ । हामी तपाईंसँग सहकार्य गर्न पाउँदा खुसी छौं । प्रेम र सहयोगका लागि धन्यवाद’, उनले लेखेका छन् ।

जगदिशले सञ्जयको जुन तस्बिर सेयर गरेका छन्, त्यसमा सञ्जयको भनाइलाई पनि लेखेका छन् । ‘जब मैले थलापति ६७ को वान लाइनर सुनें, त्यही बेला म यो फिल्मको हिस्सा हुनुपर्छ भन्ने निर्णय लिइसकेको थिएँ ।

म यो यात्राको सुरुवात गर्न पाउँदा रोमाञ्चित महसुस गरिरहेको छु’, सञ्जयले भनेका छन् ।कामको कुरा गर्दा सञ्जय सन् २०२२ मा यशको फिल्म ‘केजीएफ २’, अक्षय कुमारको ‘सम्राट पृथ्वीराज’ र रणवीर कपुरको फिल्म ‘शमशेरा’मा देखिएका थिए । उनी यो वर्ष ‘थलापति ६७’का अलावा ‘द गुड महाराजा’ र ‘घुडचढी’मा देखिँदैछन् ।

सम्बन्धित खवर