ग्रामी अवार्डअघि पपस्टार बियोन्सेले घोषणा गरिन् वर्ल्ड टुर - Crazysaptahik.com

ग्रामी अवार्डअघि पपस्टार बियोन्सेले घोषणा गरिन् वर्ल्ड टुर

पपस्टार बियोन्सेले अपेक्षित रुपमा सन् २०२३ मा विश्व टूर गर्ने घोषणा गरेकी छन् । इन्स्टाग्राममार्फत उनले ग्रामीमा मनोनित सन् २०२२ मा रिलिज भएको एल्बम ‘रेनासेन्स’को समर्थनमा वर्ल्ड टुर गर्ने घोषणा गरेकी हुन् ।

उनले आधिकारिक वेबसाइटमा टुरको मिति र सहरको नाम समेत उल्लेख गरेकी छन् । आगामी आइतबार हुन लागेको ग्रामी अवार्डको केही दिनअघि मात्र गरिएको यो विश्व टूरले बियोन्सेले उक्त कार्यक्रममा समेत सांगीतिक प्रस्तुति दिने अनुमानलाई बल दिएको छ ।

एल्बम ‘रेनासेन्स’बाट बियोन्से ९ विधामा मनोनित भएकी छन् । स्रोतका अनुसार बियोन्सेका पति जे जेडले ग्रामीमा यसपटक डिजे खलिदसँग मिलेर सांगीतिक प्रस्तुति दिँदैछन् । सम्भवतः उनले आफ्नो पछिल्लो गीत ‘गड् डिड’मा प्रस्तुति दिनसक्छन् ।

बियोन्सेले चार वर्षपछि पहिलोपटक गत जनवरी २१ दुबईको एटलान्टिस द रोयल रिसोर्टमा कन्सर्ट गरेकी थिइन् । यो प्रस्तुतिका लागि बियोन्सेलाई २४ मिलियन डलर पारिश्रमिक दिइएको जनाइएको छ । बियोन्सेले यसअघि नै रेनासेन्स तीन चरणको योजना रहेको बताएकी थिइन् ।

हुनसक्छ, तेस्रो चरण भनेको उनको नयाँ एल्बम वा टूर नै हुनसक्छ । बियोन्सेले यसपटक उत्तर अमेरिका र युरोपेली सहरमा टूर गर्ने तालिका सार्वजनिक गरेकी छन् ।

जसमा उनको पहिलो टूर मे १० मा स्वीडेनको स्टकहोमदेखि सुरु भएर सेप्टेम्बर २७ मा अमेरिकाको न्यु अर्लियन्समा पुगेर टुंगिनेछ ।

सम्बन्धित खवर