कियारा र सिद्धार्थको वैवाहिक कार्यक्रम जैसलमेरमा सुरु हुँदै - Crazysaptahik.com

कियारा र सिद्धार्थको वैवाहिक कार्यक्रम जैसलमेरमा सुरु हुँदै

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको विवाह कार्यक्रम (आइतबार)देखि सुरु भएको छ । यो जोडीको विवाह समारोह राजस्थानको जैसलमेरको सूर्यगढ प्यालेस होटलमा हुनेछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुवै जना आफन्त र परिवारसहित जैसलमेर पुगिसकेका छन् । आजदेखि केही दिनसम्म भव्य रुपमा वैवाहिक कार्यक्रमहरु हुने जनाइएको छ । कियारा र सिद्धार्थ तीन वर्षदेखि एकअर्कालाई डेट गरिरहेका छन् ।

दुवैको प्रेमकथा फिल्म ‘शेरशाह’को सेटबाट सुरु भएको थियो । सिद्धार्थले फिल्म ‘स्टुडेन्ट अफ द इयर’बाट डेब्यु गरेका थिए । उनले अहिलेसम्म १५ वटा फिल्म गरिसकेका छन् । कियाराले २२ फिल्म गरिसकेकी छन् ।

कियारा ३० करोडको मालिक छिन्, सिद्धार्थको कुल कमाइ ७५ करोड छ । कियाराले ‘कबीर सिंह’ को–स्टार शाहिद कपुर र उनकी पत्नी मीरा राजपुतलाई विवाहमा निम्तो दिएकी छन् । यो जोडी भव्य कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ ।

यसबाहेक करण जोहर, मनिष, वरुण धवन र अश्विनी यार्डी पनि विवाहमा उपस्थित हुन सक्ने जनाइएको छ । कियाराकी बेस्ट फ्रेन्ड ईशा अम्बानी पनि विवाहमा सहभागी हुने अपेक्षा गरिएको छ ।

हामीले केही दिनअघि मुम्बईमा कियाराको एक विज्ञापनमा फेसन डिजाइनर मनिष मल्होत्राको घर देखेका थियौं । विवाहमा पनि उनले मनिषकै डिजाइन लगाउने बताइएको छ ।

कियाराका भाइ मिशाल आडवाणीले यो जोडीको लागि विशेष गीत प्रस्तुत गर्ने तयारी गरेका छन् । कियारा आफ्नो भाइ मिसालसँग एकदमै नजिक छिन् भन्ने थाहा भएकै कारण मिशालले शेरशाह जोडीका लागि गीत बनाएका छन् ।

उनले संगीत समारोहको समयमा यसमा प्रस्तुति दिनेछन् । मिशाल एक ¥यापर, कम्पोजर र संगीत निर्माता हुन् र उनले नोभेम्बर २०२२ मा आफ्नो पहिलो ट्र्याक ‘नो माइ नेम’ रिलिज गरेका थिए ।

सम्बन्धित खवर