टेलर स्वीफ्टदेखि ह्यारी स्टाइल्सम्म, ग्रामी रेडकार्पेटमा पपस्टारको फेसन (तस्वीर) - Crazysaptahik.com

टेलर स्वीफ्टदेखि ह्यारी स्टाइल्सम्म, ग्रामी रेडकार्पेटमा पपस्टारको फेसन (तस्वीर)

 

विश्व संगीतको सर्वोच्च पुस्कार मानिने ग्रामी अवार्ड समारोह नेपाली समयानुसार आज (सोमबार) बिहान सम्पन्न भएको छ । बियोन्सेको कीर्तिमानले चर्चामा आएको यसपटकको ग्रामी अवार्डले संगीत स्टारहरुको रेडकार्पेटले समेत विश्व मिडियाको ध्यान खिच्यो ।

हलिउडको प्रतिष्ठित रेडकार्पेट मानिने ग्रामीको आयोजना लस एन्जलसमा गरिएको थियो । जेनिफर लोपेजेको हरियो रङको भर्सासको पहिरनदेखि लेडी गागाको आकाशे रङको अरमानी प्राइभ गाउनसम्म, अक्सर फेसनको यस्तो दृश्य ग्रामीको रेडकार्पेटमा देख्न पाइन्छ ।

बियोन्सेको जितसँगै यसपटकको ग्रामी स्मरणीय हुनेछ । बेलायती गायिका एडेलले पनि शीर्ष पुरस्कार जितिन् । यसपटकको ग्रामीमा टेलर स्वीफ्ट, ह्यारी स्टाइल्स, डोजा क्याट, लिज्जो, क्यामिलिया काबेलो, ब्याड बन्नी, ओलिभिया रोड्रिगोजस्ता स्टारहरु उपस्थित रहे । स्टारको पहिरनले विश्व फेसन जगतलाई पक्कै प्रभावित तुल्याउनेछ ।

सम्बन्धित खवर