दयाहाङसँगको सहकार्यमा भ्वाइस अफ नेपालका विजेता करण राईले ल्याए ‘चङ्गा’ - Crazysaptahik.com

दयाहाङसँगको सहकार्यमा भ्वाइस अफ नेपालका विजेता करण राईले ल्याए ‘चङ्गा’

‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को विजेता बनेपछि गायक करण राईले पहिलो आधिकारिक गीत ‘चङ्गा’ सार्वजनिक गरेका छन् । करणले आफ्नै युट्युब च्यानल करण राईमार्फत गीत सार्वजनिक गरेका हुन् ।

म्युजिक भिडियोमा अभिनेता दयाहाङ राईको अभिनय देख्न सकिन्छ । करणको ‘द काईट्स’ एल्बममा समावेश ‘चङ्गा’ गीतमा निर्देशक, कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द छ । देबेश राईको संगीत रहेको गीतमा मिक्सिङ, मास्टरिङ पनि देबेशकै छ ।

शब्दको भावअनुसार बनेको म्युजिक भिडियोलाई अनिल सुब्बाले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता दयाहाङसँगै अशिम सुब्बा, संगीता थापालगायत कलाकारको अभिनय छ ।

म्युजिक भिडियोमा दयाहाङसँग करण पनि देखिएका छन् । दयाहाङसँगको यो सहकार्य दर्शकका लागि उपहार स्वरुप ल्याएको करणले बताए ।

सम्बन्धित खवर