राखी सावन्तका पति आदिल पक्राउ, विवाहेत्तर सम्बन्ध र ठगीको आरोप - Crazysaptahik.com

राखी सावन्तका पति आदिल पक्राउ, विवाहेत्तर सम्बन्ध र ठगीको आरोप

राखी सावन्तका पति आदिल खान दुर्रानीलाई भारतको ओशिवारा प्रहरीले पक्राउ गरेको छ । सोमबार राति राखीले आदिलविरुद्ध विवाहेत्तर सम्बन्ध र ठगीको आरोप लगाउँदै उजुरी दर्ता गरेपछि प्रहरीले मंगलबार आदिललाई राखीको घरबाट पक्राउ गरेको हो ।

आदिलले विवाहको नाममा आफूबाट सबै गहना र पैसा लिएको पनि राखीले प्रहरीलाई बताएकी छन् । प्रहरीमा एफआईआर दर्ता गर्नुअघि मिडियासँग कुरा गर्दै राखीले आदिलले आफूबाट घरको साँचो खोसेको र फिर्ता गर्न नमानेको बताइन् ।

राखीले लामो समयदेखि आदिलले आफूलाई यातना दिइरहेको समेत बताइन् । ‘उनले मलाई बलिउडमा नाम कमाउन प्रयोग गरेका छन् । मसँग भएको सबै पैसा लिएर गए,’ राखीले भनेकी छन् ।

यससँगै आदिलले आफू राखीसँग अलग भइसकेको र प्रेमिकासँग सँगै बस्न थालेको समेत प्रहरीसामु राखीले बताएकी छन् । राखी र आदिलले गत महिना मात्रै अदालती विवाह गरेका थिए । २७ वर्षीय आदिल खान दुर्रानी कर्नाटकका बासिन्दा हुन् ।

उनको कार व्यवसाय छ । मिडिया रिपोर्टका अनुसार आदिल र राखीले मे २०२२ देखि एकअर्कालाई डेट गरिरहेका थिए । यसै क्रममा राखीसँगै आदिलले मुम्बईमा डान्स एकेडेमी पनि खोलेका थिए ।

राखीकी आमाको केही दिनअघि निधन भएको थियो । उनी लामो समयदेखि मुम्बईको टाटा मेमोरियल क्यान्सर अस्पतालमा भर्ना थिइन् । राखीकी आमालाई क्यान्सर र ब्रेन ट्युमर थियो ।

सामाजिक सञ्जालमा आमालाई सम्झिंदै राखीले लेखेकी थिइन्, ‘आज मेरो टाउकोबाट आमाको हात हटेको छ, अब मसँग गुमाउन केही बाँकी छैन ।’

सम्बन्धित खवर