विवाह बन्धनमा बाँधिए सिद्धार्थ र कियारा - Crazysaptahik.com

विवाह बन्धनमा बाँधिए सिद्धार्थ र कियारा

भारतीय अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा मंगलबार विवाह बन्धनमा बाँधिएका छन् । कियारा–सिद्धार्थले साँझ साढे ६ बजे राजस्थान जैसलमेरको होटल सूर्यगढको स्टेपवेलमा अग्नि परिक्रमा गरे ।

शाही विवाहका लागि होटलको मण्डपलाई विदेशी फूलले सजाइएको थियो । बिहेपछि रिसेप्सन पनि भयो । यसपछि राति अबेरसम्म दुवैको विवाहको तस्वीर बाहिर आएको थियो । जबकि कियाराले इन्स्टामा लेखेकी छिन्, ‘अब हाम्रो स्थायी बुकिङ सकियो ।’

त्यसअघि ब्यान्डबाजासहित  निकालिएको थियो । सिद्धार्थ सेतो घोडीमा बसेर जन्ती लिएर गएका थिए । जसमा करण जोहर, शाहिद कपुर र परिवारका सदस्यले नृत्य गरेका थिए । सिद्धार्थका बुवा ह्वीलचेयरमा बसिरहेका थिए ।

जन्तीका लागि दिल्लीबाट विशेष रूपमा जिया ब्यान्ड बोलाइएको थियो । पञ्जाबी ढोल र संगीतका साथ जन्ती निकालिएको थियो । शोभायात्रा पुगेपछि कियारा–सिद्धार्थलाई माला लगाइएको थियो ।

दुवैले एकअर्कालाई सेतो गुलाबको फूलको माला लगाए । यसै क्रममा मलाइका अरोरा रिसेप्सनमा सहभागी हुन साँझ सात बजे जैसलमेर पुगिन् । फेसन डिजाइनर मनिष मल्होत्रा, फिल्म निर्माता करण जोहर, अभिनेता अरमान जैन, शाहिद कपुर र उनकी पत्नी मीरा राजपुत, जुही चावला र उनका पति जय मेहता पनि उपस्थित थिए ।

मेकअप आर्टिस्ट स्वर्णलेखा गुप्ता, हेयर ड्रेसर अमित ठाकुर, वेडिङ फिल्म शूटर विशाल पञ्जाबी, डीजे गणेश, हरि र सुखमणि र संगीतका लागि जोन्की, पति आनन्द पिरामलसँग ईशा अम्बानी पनि विवाहमा पुगेकी थिइन् ।

 

सम्बन्धित खवर