सरोज खनाल र सुनिल थापा अभिनित सिरिज ‘लालबहादुर : द स्पार्क’को ट्रेलर सार्वजनिक - Crazysaptahik.com

सरोज खनाल र सुनिल थापा अभिनित सिरिज ‘लालबहादुर : द स्पार्क’को ट्रेलर सार्वजनिक

सरोज खनाल र सुनिल थापा अभिनित सिरिज ‘लालबहादुर ः द स्पार्क’को ट्रेलर रिलिज भएको छ । देवजंग थापाको लेखन तथा निर्देशन रहेको सिरिजले २०७२ सालको भुक्म्पपछि पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरेको संघर्षको कथा प्रस्तुत गर्छ ।

चार सिजनमा ५२ एपिसोड प्रसारण हुने सिरिजको पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले जानकारी दिए । जी मिडिया कनेक्सन प्रालिको ब्यानरमा निर्माण भएको ‘लालबहादुर : द स्पार्क’मा खड्गबहादुर पुन (खबपु), सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, गीता थापा पराजुली, रामबाबु रेग्मी, अनिता गिरी, जेनिश अधिकारी, रविन विष्ट, विश्व मुखियालगायत कलाकारको पनि अभिनय रहेको छ ।

सिरिजका निर्माता प्रकाश आङ्बुहाङ (हाङबारे) हुन् । फाल्गुन पहिलो साताबाट हरेक हप्ता प्रसारण हुने यो सिरिज जी मिडिया कनेक्सनको युट्युब च्यानल र एक टेलिभिजनबाट प्रसारण हुने जनाइएको छ ।

https://youtu.be/-StmC9g9yoI

सम्बन्धित खवर