रामोजी फिल्म सिटीबाट ‘ह्रस्व दीर्घ’ को छायांकन सुरु - Crazysaptahik.com

रामोजी फिल्म सिटीबाट ‘ह्रस्व दीर्घ’ को छायांकन सुरु

फिल्म ‘ह्रस्व दीर्घ’ को छायाङ्कन सुरु भएको छ । सोमबार भारतको हैदरावादमा अवस्थित संसारकै सबैभन्दा ठुलो स्टुडियो रामोजी फिल्म सिटीबाटमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै सुरु गरिएको हो ।

फिल्मको सुटिङ सुरु भएको अभिनेत्री तथा निर्माता निता ढुङ्गानाले एक भिडियोमार्फत जानकारी दिएकी हुन् । उनले भनेकी छन्, ‘फिल्मको अबचाहिँ बल्ल छायाङ्कन सुरु भएको छ ।

संसारकै सबैभन्दा ठुलो स्टुडियोमा नेपाली फिल्म खिच्नु भनेको नेपाली र नेपाली फिल्म इन्डस्ट्रीका लागि धेरै ठुलो कुरा हो जस्तो लाग्छ । पहिलो कदम मैले चालेँ, अब तपाईँहरूको साथ, माया र आर्शिवाद चाहिएको छ ।’

चन्द्र पन्तको निर्देशन रहने फिल्ममा नितासँगै हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, नरेन खड्का, आदर्श मिश्रा, गरिमा शर्मा, लक्ष्मी पौडेल, वसिम राजा, साउथ फिल्मका कलाकारहरू ब्रह्मानन्दम, अली, ‘पुष्पा’ का भिलेन सुनिल वर्मा, ‘गजनी’ का भिलेन प्रदीपराज रावतको पनि अभिनय रहनेछ ।

निता फिल्मस्को ब्यानरमा बन्ने लागेको फिल्मको बजेट ४ करोड बताइएको छ । दिल आपके पास है’, ‘वेलकम ब्याक’, ‘परदेश’ जस्ता बलिउड फिल्म छायाङ्कन गरेका कवीरलाल ‘ह्रस्व दीर्घ’ को छायाँकार हुन् । प्रेमकथामा बन्न लागेको फिल्म नेपाल तथा भारतका फिल्म हल र प्रतिष्ठित ओटीटी प्लेटफर्ममा रिलिज गर्ने योजनामा निर्माण युनिटको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.