वर्षा सिवाकोटीको फिल्म ‘ए साथी सुन’ चैत १० मा आउने - Crazysaptahik.com

वर्षा सिवाकोटीको फिल्म ‘ए साथी सुन’ चैत १० मा आउने

वर्षा सिवाकोटीको प्रमुख भूमिका रहेको फिल्म ‘ए साथी सुन’को प्रदर्शन मिति घोषणा भएको छ । लभस्टोरी, कमेडी र लाइट थ्रिलर जनरामा बनेको फिल्म चैत १० गते देशव्यापी प्रदर्शन हुन लागेको हो ।

वितरण कम्पनी आरआर डिष्ट्रिब्युसनले फिल्मलाई उक्त मितिमा ल्याउने समझदारी बनेको छ । राजराघव आचार्यले निर्देशन गरेको फिल्ममा वर्षासहित रमेश बानियाँ, सुशील पोखरेल, विमला गिरी, जयनन्द लामा, लक्ष्मी साउद, सिद्धराज तिमल्सिना, सुवास शाह, रुकमिला अधिकारी, इभान सन्जेल, आर्यन खड्का, रमेश अधिकारी लगायतको अभिनय छ ।

कोरोना महामारीअघि नै निर्माण भएर रोकिएको यो फिल्म अन्ततः सार्वजनिक प्रदर्शनमा आउन लागेको हो । यो फिल्मले वर्षाको अभिनय करिअरमा लाभ पुग्ने आशा लिइएको सह–निर्माता सुदीप पौडेलले बताए ।

विना कार्की र सन्तोषकुमार राईले निर्माण गरेको फिल्म मानकृष्ण महर्जनको छायांकन, कुमार महर्जनको एक्सन कोरियोग्राफी छ । बाल कलाकार कृष्माको समेत अभिनय छ ।

निर्माताले केही दिनमा फस्टलुक पोस्टर र टिजर सार्वजनिक गर्ने तयारी गरेका छन् । ‘पब्लिसिटीलाई क्रमशः व्यापक बनाउँछौं,’ सह–निर्माता पौडेलले भने । यसलाई स्वर्गीय अभिनेता जयनन्द लामाको अन्तिम फिल्मसमेत बताइएको छ ।

सम्बन्धित खवर