नेफ्टा जमघटमा आकाशसँग उपासनाको दोस्ती - Crazysaptahik.com

नेफ्टा जमघटमा आकाशसँग उपासनाको दोस्ती

नेफ्टा अवार्डको घोषणा समारोहमा सेलिब्रिटीको बाक्लो उपस्थिति रह्यो । साम्राज्ञी शाह, पूजा शर्मा, उपासना सिंह ठकुरी, आकाश श्रेष्ठ, पुष्प खड्का, सुशील श्रेष्ठ, शिल्पा मास्केलगायत थुप्रै कलाकार समारोहमा उपस्थित रहे ।

कलाकारको फेसन स्टेटमेन्ट समेत चर्चामा रह्यो । अभिनेत्री उपासनाको पहिरनले गर्मी बढेको महसुस गरायो । उपासना रातो रङको स्लिभलेस कुर्थामा उपस्थित भएकी थिइन् । कार्यक्रममा उनको मित्रता आकाशसँग देखियो ।

उनी आकाशसँगैको कुर्सीमा बसेर उनीसँगै गफगाफमा व्यस्त देखिइन् । उनी आकाशसँग कुराकानीमै रमाएको देखियो । उपासना पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् । कबड्डी ३ पछि उनको हिट फिल्म दुई नम्बरी हालै रिलिज भएको थियो ।

उनी केही फिल्ममा आबद्ध भइसकेकी छन् । साम्राज्ञी र अभिनेत्री तथा मोडल शुभेच्छा खड्का पनि कार्यक्रमभर सँगै बसे । साम्राज्ञी ब्लेजर कोट र शुभेच्छा सेतो कुर्थामा स्टाइलिस देखिएका थिए ।कार्यक्रममा पुगेकी अभिनेत्री पूजा शर्मा पनि विन्टर पहिरनमा आकर्षक देखिएकी थिइन् ।

सम्बन्धित खवर