हलमा लागे ‘मनसँग मन’ र ‘आँधी तुफान २’ - Crazysaptahik.com

हलमा लागे ‘मनसँग मन’ र ‘आँधी तुफान २’

शुक्रबार (आज)देखि नेपालमा पुष्प खड्का र वर्षा सिवाकोटीको प्रमुख भूमिका रहेको फिल्म ‘मनसँग मन’ रिलिज भएको छ । कैलाश राई निर्देशित फिल्मको लम्बाइ १ घण्टा ४० मिनेट छ ।

लभस्टोरी, ड्रामा र एक्सन जनराको फिल्ममा रविन्द्र झा र बुद्धि तामाङको समेत अभिनय छ । यो फिल्म प्रेम र बदलाको कथामा आधारित छ । भीडमा भाषण गरिरहेका एक नेतालाई अज्ञात व्यक्तिले आक्रमण गर्छन्, त्यसपछि उनी बदला लिन चाहन्छन् र प्रहरीलाई यस विषयमा हस्तक्षेप नगर्न आग्रह गर्छन् ।

यो मिसनमा भेटिएका अनामिका र अभिषेक प्रेममा पर्छन् । फिल्मको एक गीतमा पल शाह र पूजा शर्माले अभिनय गरेका छन् । शुक्रबार नै मदन घिमिरे निर्देशित र मौनता श्रेष्ठको लेखन तथा निर्माण रहेको फिल्म ‘आँधी तुफान २’ केही सिंगल स्क्रिनमा रिलिज भएको छ ।

यो फिल्मलाई मल्टिप्लेक्सले प्रदर्शन गरेका छैनन् । महेन्द्र बुढाथोकी निर्देशित ‘आँधी तुफान’ रिलिजको १६ वर्षपछि दोस्रो श्रृंखला निर्माण भएको हो ।

फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सञ्जीत भण्डारी, मुकुन्द थापा, पुस्कर राउत, सञ्जय खतिवडा, सिवन लामा, रवि गिरी, राजाराम गौतमको अभिनय छ ।

सम्बन्धित खवर