गायन जोडी वर्तिका राई र युगल गुरुङले गरे विवाह - Crazysaptahik.com

गायन जोडी वर्तिका राई र युगल गुरुङले गरे विवाह

तन्नेरीपुस्ता माझ चर्चित गायिका वर्तिका एम राई र गायक युगल गुरुङबीच शुक्रबार परम्पराअनुसार विवाह भएको छ । ललितपुरको मानभवनस्थित क्रिस्टल ब्यांक्वेटमा आफन्त र साथीभाइको उपस्थितीमा यो सांगीतिक जोडीले विवाह गरेको हो ।

गत असोज २४ गते दुईले इन्गेजमेन्ट गरेका थिए । प्रेम सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गरेका यी दुईजना केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । वर्तिका र युगल पछिल्लो पुस्तामाझ चर्चित कलाकार हुन् ।

अमेरिकाको न्यूयोर्क सहरमा उनीहरुले एकसाथ सो–फार नामक सांगीतिक प्रस्तुति पनि दिएका थिए । वर्तिकाका ‘विम्बाकाश’ र ‘तरल’ गीत युवापुस्तामाझ चर्चित छन् ।

सरल शब्द, सशक्त कम्पोजिसन र काव्य शैलीको कारण उनका गीत रुचाइन्छन् । युगल चाहिं लण्डनमा बसोबास गर्दै आएका गायक हुन् । सन् २०१२ देखि उनी ‘हामी’ ब्याण्डका ड्रमर समेत हुन् ।

सम्बन्धित खवर