प्रियंकाले ‘बिगबोस’को सिजन–१६ जित्ने सम्भावना कति छ ? - Crazysaptahik.com

प्रियंकाले ‘बिगबोस’को सिजन–१६ जित्ने सम्भावना कति छ ?

‘बिग बोस १६’मा ग्रान्ड फिनालेको अन्तिम साता चल्दैछ । शोका उत्कृष्ट पाँच फाइनलमा शालीन भानोट, एमसी स्टान, प्रियंका चाहर चौधरी, शिव ठाकरे र अर्चना गौतम छन् ।

अब यी पाँचमध्ये १६ औं सिजनको ट्रफी कसले जित्ला ? यो जान्नको लागि फेब्रुअरी १२ सम्म कुर्नुपर्नेछ । आगामी आइतबारको ग्राण्ड फिनालेमा बिगबोसले नयाँ विजेता प्राप्त गर्नेछ ।

तर, प्रियंका चाहर चौधरीलाई लिएर सामाजिक सञ्जालमा विभिन्न अनुमान भैरहेका छन् । दर्शक भन्छन– प्रियंका मात्र बिग बोस १६ की विजेता हुन सक्छिन् । योसँगै धेरै सेलेब्सले ट्रफीसँग प्रियंकाको तस्बिर सेयर गर्दै उनले जित्ने बताइरहेका छन् ।

यस मामिलामा अर्को पक्ष के हो भने केहीले प्रियंकालाई लिएर आपत्ति पनि जनाएका छन् । फ्यानले प्रियंकाको जित निश्चित भएको दावी गरिरहेका छन् । उनी कलर्सको अनुहार भएकाले पनि निर्माताले जिताउन सक्ने अड्कलबाजी फ्यानको छ ।

‘बिग बोस १६’को ट्रफी हातमा लिएकी प्रियंकाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसलाई देखेर कतिपय फ्यानहरु उनी विजेता बनेको भ्रममा परेका छन् ।

अहिले यो तस्विर फोटोसपको हो कि होइन, त्यसको कुनै जानकारी छैन । तर केही फ्यानले यो तस्विरको विरोध गरिरहेका छन् ।‘बिग बोस’की प्रतियोगी रहिसकेकी अर्शी खानले प्रियंकालाई समर्थन गर्दै उनको ट्रफीसँगको तस्विर सेयर गरेकी थिइन् ।

उनले लेखेकी छन्, ‘मेरो लागि मात्र प्रियंकाले ट्रफी जित्छिन् । यसअघि अर्जुन बिजलानीले पनि प्रियंकालाई सपोर्ट गर्दै आएका थिए । प्रियंकाको नाम लिएर उनले बिग बोसको उपाधि प्रियंकाले मात्रै जित्न सक्छिन् भन्ने लागेको बताए ।

‘बिग बोस’की विजेता गौहर खानले पनि धेरै पटक प्रियंकालाई समर्थन गरिसकेकी छिन् । ट्विट गर्दै उनले प्रियंकासँग मात्र ट्रफी जित्ने आँट रहेको बताएकी छन् । शोको अन्त्यमा टीना दत्त र प्रियंकाको मित्रता पनि देखियो ।

टीना शो बाट बाहिरिएकी छिन् तर शो बाट बाहिरिएपछि उनले प्रियंकालाई निरन्तर सपोर्ट गरिरहेकी छिन् । उनले प्रियंकाका लागि भोटको अपिल पनि गरेको देखियो ।

सम्बन्धित खवर