देवी र वसन्तको स्वरमा ठाडो भाका गीत ‘दरमखोला’ सार्वजनिक - Crazysaptahik.com

देवी र वसन्तको स्वरमा ठाडो भाका गीत ‘दरमखोला’ सार्वजनिक

मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ सार्वजनिक भएको छ । गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानमार्फत डिजिटल बजारमा आएको हो ।

गीतको शब्द सर्जक प्रह्लाद सुवेदीले लेखेका हुन् । सङ्गीत रचना गायक थापा आफैँले गरेका हुन् । ठेट शब्द, मनछुने भाका र स्वरका कारण गीतले दर्शक÷श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

‘म्युजिक भिडियो’मा प्रयुक्त नाच र अभिनयले पनि गीतमा मौलिकता थपेको छ । ठाडो भाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो । पहिलेपहिले मेलापात र रोधीघरमा ठाडो भाका गुञ्जने गथ्र्यो ।

पछिल्लो समय ठाडो भाकाको मौलिकता हराउँदै जान थालेको छ । सङ्गीतमा आधुनिकताको प्रभावले पुराना लोकभाका सङ्कटमा परेका छन् ।

सम्बन्धित खवर