८८८ करोड कमाउँदै पठानले बनायो बलिउडमा नयाँ रेकर्ड - Crazysaptahik.com

८८८ करोड कमाउँदै पठानले बनायो बलिउडमा नयाँ रेकर्ड

शाहरुख खान अभिनीत पठानले बलिउडमा छोटो समयमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ । गत जनवरी २५ मा रिलिज भएको पठानले हालसम्म ८८८ करोड कमाएर बलिउड सिनेमा सबैभन्दा तीव्र गतिमा कमाउने फिल्मको रेकर्ड बनाएको एशराज फिल्मसले जनाएको छ ।

उक्त फिल्ममा शाहरुखका साथमा दीपिका पादुकोण, जोन अब्राहम लगायतको भूमिका रहेको छ । उक्त फिल्मलाई समीक्षकहरूले ४।५ स्टारसम्म दिँदै ब्ल्कबस्टर सिनेमा भनेका छन् ।

बाइकट बलिउडबिरुद्ध लडेर पठानले खस्किदै गएको भनिएको बलिउडलाई धेरे ठुलो उद्धार गरेको उनीहरूको भनाइ छ । पछिल्लो समयमा बलिउडमासमेत दक्षिण भारतीय फिल्महरूले राज गरेको २०२२ लाई शाहरुखको पठानले उर्जा दिएको समीक्षकहरूले टिप्पणी गर्दै आएका छन् ।

सम्बन्धित खवर