८ वर्षपछि अभिनयमा पुनरागमन गर्दै राजबल्लभ कोइराला - Crazysaptahik.com

८ वर्षपछि अभिनयमा पुनरागमन गर्दै राजबल्लभ कोइराला

अभिनेता राजबल्लभ कोइरालाले आठ वर्षपछि अभिनयमा पुनरागमन गर्ने भएका छन् । दीपक वलीले निर्देशन गर्न लागेको फिल्म ‘क्यामिनो’बाट आफूले अभिनयमा पुनरागमन गर्न लागेको राजबल्लभले पुष्टि गरे ।

सन् २०१५ मा राजबल्लभ अभिनित पछिल्लो फिल्म ‘हाइवे टु धम्पुस’ रिलिज भएको थियो । यो फिल्म रिलिजसँगै उनी अमेरिका प्रस्थान गरे । तर राजबल्लभले ‘क्यामिनो’मा नेपालमा आएर छायांकन भने गर्ने छैनन् ।

उनको भागको छायांकन मेक्सिको र अमेरिकामै गरिनेछ । फिल्मको कथावस्तु पनि दक्षिण अमेरिकी मुलुकबाट हिंडेर जोखिमपूर्ण ढंगले अमेरिका प्रवेश गर्ने विषयमा हुनेछ । ब्राजिल र मेक्सिकोमा फिल्म छायांकन गर्ने निर्माताको योजना छ ।

‘क्यामिनो’मा शीर्ष भूमिकामा प्रदीप खड्का र वर्षा सिवाकोटी यसअघि नै तय भइसकेका छन् । चैतदेखि छायांकन सुरु हुने फिल्मका कार्यकारी निर्माता सुनिल विष्ट गौली हुन् । नेपाली, अंग्रेजी, हिन्दी र स्पेनिस भाषामा फिल्म छायांकन गर्ने तयारी छ । स्पेनिस भाषामा क्यामिनोको अर्थ बाटो भन्ने हुन्छ ।

सम्बन्धित खवर