अमेरिकाका फिल्म फेस्टिभलमा पुरस्कृत ‘हल्कारा’ वैशाख २९ मा रिलिज हुने - Crazysaptahik.com

अमेरिकाका फिल्म फेस्टिभलमा पुरस्कृत ‘हल्कारा’ वैशाख २९ मा रिलिज हुने

अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ गते रिलिज हुने भएको छ । अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य भूमिका छ ।

फिल्मले गाउँमा चिठ्ठी पु¥याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेको निर्देशक सापकोटाले बताए ।

फिल्ममा महेश त्रिपाठीले रामको रुपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने विनिता थापा मगर मियाको भूमिकामा छिन् ।‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

यस्तै फिल्म नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनोट भएको थियो । फिल्ममा उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्की लगायतको पनि अभिनय छ ।

फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मको सम्पादन पनि विक्रम स्वयंको हो । फिल्मलाई काठमाडौंमा करण श्रेष्ठ र जीजीए ग्रुपले वितरण गर्नेछन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.