बलिउड अभिनेत्री र खेलाडीबीच पुरानो नाता रहेको छ । धेरैजसो उनीहरू बीच अफेयरको खबर पनि आइरहन्छ । थुप्रै खेलाडी र बलिउड नायिका विवाह बन्धनमा बाँधिइसकेका छन् ।
एक समय बलिउड नायिका तथा पूर्व मिस युनिभर्स लारा दत्ता र टेनिस खेलाडी महेश भूपतिको प्रेमको किस्साको चर्चा पनि चारैतिर थियो र आज यी दुई जीवनसाथी हुन् ।लाराले सन् २००० मा मिस युनिभर्सको उपाधि जितिसकेकी छिन् ।
यस्तै महेश ‘ग्रान्ड स्ल्याम टुर्नामेन्ट’ जित्ने पहिलो भारतीय हुन् । यी दुईले अ–आफ्नो निजी र व्यावसायिक जीवनमा लगातार सफलताको शिखर चुमे । आउनुहोस्, उनीहरूको प्रेम कसरी सुरु भयो त, यसबारे जानकारी लिऔँ ।
बिचब मगततसामाजिक सञ्जालमा सधैँ सक्रिय रहने बलिउड अभिनेत्री लारा दत्त र महेश भूपतिको पहिलो भेट निकै विशेष रह्यो । यी दुवै बैंगलोरका हुन् । सन् २००० मा मिस युनिभर्स बनेपछि महेश भूपतिले लारा दत्तलाई पहिलो पटक देखेका थिए ।
तर, मिस युनिभर्स हुनुअघि महेश भूपति विश्व प्रसिद्ध टेनिस खेलाडी बनिसकेका थिए । लारा दत्तलाई पहिलो पटक देखेपछि महेशले उनलाई मन पराउन थालिसकेका थिए । त्यसपछि महेश भूपतिको इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीको बिजनेस मिटिङमा दुवैको भेट भएको थियो ।
जसमा लारा दत्तले महेशको कम्पनीलाई आफ्नो कामको व्यवस्थापन हेर्न भनेकी थिइन् ।बिचब मगततज्ञमहेश भूपतिले अमेरिकामा क्यान्डल लाइट डिनरमा औँठी लगाएर लारा दत्तलाई प्रपोज गरेका थिए ।
यो औँठी महेश आफैँले लाराका लागि विशेष डिजाइन गराएका थिए । त्यति बेला महेश युएस ओपन खेल्न न्यु योर्क गएका थिए । मिडियाले सोध्दा दुवैले एक अर्कालाई साथीको रूपमा मात्रै चिनाउँथे ।
आफ्नो शान्त र हँसिलो स्वभावका लागि परिचित, महेश भूपतिको खेल हेर्न आएकी लारा दत्त उनको साधारण छविमा फिदा भएकी थिइन् ।
बिचब मगततद्दतर महेश भूपति विवाहित थिए । उनी मोडल तथा लेखिका श्वेता जयशंकरसँग वैवाहिक सम्बन्धमा थिए । तर उनले २००९ मा श्वेतासँग सम्बन्ध विच्छेद गरे ।
त्यसपछि लारा र महेश भूपतिले सेप्टेम्बर २०१० मा इन्गेजमेन्ट गरे । त्यसपछि अर्को वर्ष १६ फेब्रुअरी २०११ मा दुवैले मुम्बईमा सादा समारोहमा विवाह गरे । विवाहको ६ महिनापछि लाराले आफू गर्भवती भएको घोषणा गरिन् । दुवैको साइरा भूपति नामको सुन्दर छोरी पनि छिन् ।