१९७४ एडी ब्याण्डका सदस्यहरु चढेको गाडी झापामा दुर्घटना - Crazysaptahik.com

१९७४ एडी ब्याण्डका सदस्यहरु चढेको गाडी झापामा दुर्घटना

चर्चित नेपाली ब्याण्ड १९७४ एडीका सदस्यहरु सवार गाडी शनिबार झापामा दुर्घटना भएको छ । ब्याण्ड व्यवस्थापक अनुज कार्कीले दुर्घटनामा सबै सदस्यहरु सुरक्षित रहेको जानकारी सामाजिक संजालबाट दिएका छन् ।

‘हामी सुुरक्षित छौं । सन्देश र सद्भावका लागि धन्यवाद । हामी सकुशल काठमाडौं फर्किएका छौं’ फेसबुकमा उनले लेखेका छन् । झापाको चन्द्रगढीमा गाडी दुर्घटनामा परेको हो । साइकल यात्रीलाई जोगाउने क्रममा गाडी दुर्घटनामा परेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गा रेग्मीले बा २१ च २२८५ नम्बरको गाडी दुर्घटनामा परेको जनाए । ब्याण्डले बुधबार राती झापामा लाइभ प्रस्तुति दिएको थियो ।

सम्बन्धित खवर