दक्षिण भारतीय निर्देशक एसके भगवानको निधन - Crazysaptahik.com

दक्षिण भारतीय निर्देशक एसके भगवानको निधन


दक्षिण भारतीय (कन्नड) फिल्मका निर्देशक एसके भगवानको निधन भएको छ । ८९ वर्षका भगवानको सोमबार बिहान निधन भएको हो । उनको मृत्युको कारण उमेर सम्बन्धी रोग बताइएको छ । भारतका कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले सामाजिक सञ्जाल मार्फत मृत्युको खबरको पुष्टि गर्दै उनको निधन प्रति शोक समेत व्यक्त गरेका छन् ।

भगवानले सन् १९५६ मा प्रभाकर शास्त्रीको भाग्योदय फिल्मबाट सहायक निर्देशकको रुपमा फिल्मी करियर थालेका थिए । सन् १९६६ मा रिलिज भएको कन्नड फिल्म ‘सन्ध्य राग’ बाट उनी निर्देशक बने । कस्तुरी निवास, इरादु सोयम, बयालु दारी, गिरी कान्ये लगायत ५५ फिल्म उनले निर्देशन गरेका छन् ।

सम्बन्धित खवर