दीपेन्द्रको ‘नाङ्गो गाउँ’मा साम्राज्ञीको इन्ट्री - Crazysaptahik.com

दीपेन्द्रको ‘नाङ्गो गाउँ’मा साम्राज्ञीको इन्ट्री

फिल्ममा यसअघि नै नायक दयाहाङ राई र नायिका मिरुना मगर फाइनल भैसकेका छन् । योसँगै निर्माणपक्षले कलाकारको लाइनअप पूरा गरेको छ । आलोक शुक्लाको छायाङ्कन रहने फिल्ममा शिशिर वाङ्देल, रविन्द्र झा, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

मनिुस्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायाङ्कन फागुनको अन्तिम साताबाट सुरु हुनेछ । काभ्रेमा छायाङ्कन हुने फिल्ममा हिमाल शर्माको लगानी छ ।

‘साम्राज्ञी र कर्मसँग पहिलेदेखि नै काम गर्ने रहर भएपनि अहिले आएर संयोग निर्देशक लामाले बताए । लामाको निर्देशन रहने यो पाँचौँ फिल्म हो । यसअघि उनले ‘घामपानी, गोपी, छ माया छपक्कै र २ नम्बरी’ निर्देशक गरिसकेका छन् ।

सम्बन्धित खवर