घरभित्रको गोप्य तस्बिर खिचेपछि रिसाइन् आलिया : भनिन्, ‘आज सबै सीमा पार भए’ - Crazysaptahik.com

घरभित्रको गोप्य तस्बिर खिचेपछि रिसाइन् आलिया : भनिन्, ‘आज सबै सीमा पार भए’

आलिया भट्टले मङ्गलवार राती इन्स्टाग्राम मार्फत मिडियामाथि आक्रोश पोखेकी छिन् । यसका साथै, उनले एक प्रकाशन गृहमाथि आफ्नो गोपनीयतामा दखल दिएको आरोपसमेत लगाइन् । वास्तवमा भारतको एक मिडियाले आलियाको लिभिङ रुममा बसिरहेको फोटो सेयर गरेको थियो जुन देखेपछि आलिया रिसाइन् ।

उयकतकसैलाई यस्तो गर्नु कुन दुनियाँमा ठिक छ ?

आलिया भट्टले आफ्नो इन्स्टाग्राम पोस्टमा लेखेकी छिन्, ‘मलाई जिस्काइरहेको हो ? म आफ्नो घरको लिभिङ रुममा दिउँसो आनन्दले बसिरहेका बेला कसैले मलाई हेरिरहेको जस्तो लाग्यो । मैले यताउता हेरेँ । दुई जना केटाहरू क्यामरा तेर्साएर मेरो छिमेकीको कौसीमा बसिरहेको देखेँ ।’

उनले थपिन्, ‘यस्तो गर्नु कुन दुनियाँमा ठिक र जायज छ ? यो कसैको गोपनीयताको गम्भीर हनन हो । केही सीमा यस्ता हुन्छन् जुन पार गर्नु हुँदैन तर म यहाँ के भन्न सक्छु भने आज यी सबै सीमा पार भयो ।’ उनले यसमा मुम्बई प्रहरीलाई ट्याग गरेकी छिन् ।सेलिब्रेटीहरूले आलियालाई समर्थन गरे

आलियाको यो पोस्ट हेरेपछि उनकी बहिनी शाहिन भट्ट, अर्जुन कपूर, अनुष्का शर्मा, करण जोहर, स्वरा भास्कर र जाह्नवी कपुरलगायत धेरै सेलेब्सले मिडियाप्रति आक्रोश पोखेका छन् । उयकतज्ञअर्जुनले यो घटनालाई भने लज्जास्पद

अर्जुन कपूरले लेखेका छन्, ‘बिलकुलै लाजमर्दो । यो यस्तो चीज हो जहाँ हरेक सीमा पार गरिएको छ । एउटी महिला आफ्नै घरमा पनि सुरक्षित महसुस गरिरहेकी छैनन्, जसले सार्वजनिक व्यक्तिको तस्बिर खिच्छन्, के उनीहरुले यो सीमा नाघ्नु सही हो ? यही मानिसहरूलाई हामी विश्वास गर्छौँ र सोच्छौँ कि उनीहरुले फोटो खिचिरहेका छन्, किनभने यो उनीहरूको काम नै हो ।

तर यसको मतलब यो होइन कि कसैले महिलालाई असुरक्षित महसुस गराउने प्रयास गर्नेछ र कसैको गोपनीयतामा आक्रमण गर्ने प्रयास गर्नेछ । यो कसैलाई हेर्ने नभई कुनै महिलालाई स्टक गर्नु हो, मुम्बई प्रहरी ।’ उयकतद्दहामीले नगर भन्दा पनि यी व्यक्तिहरूले हाम्रो छोरीको फोटो पोस्ट गरे

आलियालाई सपोर्ट गर्दै अनुष्काले लेखेकी छिन्, ‘यी मानिसहरूले यो पहिलो पटक गरिरहेका छैनन् । करिब दुई वर्षअघि उनीको यस्तै कारणले हामीले आलोचना गरेका थियौँ । यस्तो काम गरेर इज्जत पाइन्छ जस्तो लाग्छ ? यो एकदमै लज्जास्पद कार्य हो । यिनीहरू यस्तै मानिस हुन् जसले हाम्री छोरीको तस्बिर पोस्ट गरेका थिए जबकि हामीले यस्तो नगर्न भनेका थियौँ र हाम्रो गोपनीयताको सम्मान गर्न आग्रह गरेका थियौँ ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.