गायक रमेशले गरे मोडल शिलासँग विवाह - Crazysaptahik.com

गायक रमेशले गरे मोडल शिलासँग विवाह

गायक, सर्जक तथा संगीत व्यवसायी रमेश पाठकले प्रेमिका मोडल शिला गजुरेलसँग विवाह गरेका छन् । बुधबार एक समारोहकाबीच सिमित आफन्तको उपस्थितिमा दुवैले लगनगाँठो कसेका हुन् । धादिङ गजुरीका पाठक र नुवाकोट पिपलटारकी गजुरेलले केही समयको प्रेम विवाहमा परिणत गरेका हुन् ।

थुप्रै गीत समेत सार्वजनिक गरेका पाठक जिनियस् म्युजिक कम्पनीका सञ्चालक हुन् । शिलाले पनि म्युजिक भिडियो अभिनयमा सक्रिय छिन् ।

सम्बन्धित खवर