भ्वाइस किड्स सिजन–२ फागुन २६ गतेदेखि, गायक सुशान्त केसी नयाँ कोच - Crazysaptahik.com

भ्वाइस किड्स सिजन–२ फागुन २६ गतेदेखि, गायक सुशान्त केसी नयाँ कोच

गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’को प्रसारण फागुन २६ गतेदेखि हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा नयाँ सिजनको संरचना, अडिसन प्रक्रिया र कोचबारे जानकारी दिइयो ।यो कार्यक्रम हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि कार्यक्रम प्रसारण हुनेछ ।

निर्देशक लक्ष्मण पौडेलका अनुसार पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’सम्मका एपिसोड प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना प्रतिभाले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्ने जनाइएको छ ।

ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाले अघि बढ्ने मौका पाउनेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । यसपटक भ्वाइसको टिमले कोचमा केही परिवर्तन गरेको छ ।

टिममा युवापुस्तामाझ चर्चित गायक सुशान्त केसी नयाँ कोचका रुपमा भित्रिएका छन् । अघिल्ला सिजनका कोचहरु प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार सिजन २ मा निरन्तर हुनेछन् । टाइटल स्पोन्सरमा ‘रियल फुट जुस’ रहेको छ ।

यस्तै पावर्ड बाई स्पोन्सरमा लाइफब्वाय र अलआउट अनुबन्ध भएका छन् भने को–स्पोन्सरमा वात्सल्य नेचुरल आईभीएफ रहेका छन् । हिमालय टेलिभिजनले चर्चित रियालिटी शोहरुलाई उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ ।

जसमा द भ्वाइस अफ नेपाल, डान्सिङ स्टार नेपाल र हिमालय रोडिज छन् ।  बिजनेस रियालिटी शो सार्क ट्यांक र फेसन रियालिटी शो नेपाल्स नेक्स्ट टप मोडल यसै वर्षभित्र प्रसारण सुरु गर्ने तयारी छ ।

 

 

 

सम्बन्धित खवर