भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुलीको जीवन फिल्मी पर्दामा ल्याउने भएको छ । एमएस धोनी, सचिन तेन्दुलकर जस्ता दिग्गज खेलाडीपछि भारतीय क्रिकेट टोलीका ‘दादा’ अर्थात् सौरभ गांगुलीको बायोपिक फिल्म बन्ने भएको हो ।
लव फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्मको स्क्रिप्ट सौरभ गांगुलीले अनुमोदन गरेका छन् । स्क्रिप्ट फाइनल भएपछि सबैको मनमा एउटै प्रश्न छ । बलिउडका कुन अभिनेता पर्दामा ‘दादा’ को भूमिकामा देखिनेछन् ? । रिपोर्टका अनुसार सौरभ गांगुली पर्दामा बन्नका लागि रणवीर कपुरको नाम पक्का भएको छ ।
फिल्मको छायांकन कोलकाताबाट छिट्टै सुरु हुँदैछ । फिल्मको विषयमा रणवीरले आफ्नो आधिकारिक धारणा बाहिर ल्याउन बाँकी रहेको छ । फिल्मको बजेट करिब २५० करोड भारु हुनेछ । कामको कुरा गर्ने हो भने रणवीर अहिले आफ्नो आगामी फिल्म ‘एनिमल’को सुटिङमा व्यस्त छन् ।