छोरीलाई बाथरुममा चुकुल लगाउन दिन्नथिन् : श्रीदेवीलाई चन्द्रमा हेर्नु पर्दा पाइलटले फेरे विमानको दिशा - Crazysaptahik.com

छोरीलाई बाथरुममा चुकुल लगाउन दिन्नथिन् : श्रीदेवीलाई चन्द्रमा हेर्नु पर्दा पाइलटले फेरे विमानको दिशा

बलिउडकी पहिलो महिला सुपरस्टार श्रीदेवी यो संसारबाट बिदा भएको आज ५ वर्ष पूरा भएको छ । २४ फेब्रुअरी २०१८ मा दुबईको एउटा होटेलको बाथ टबमा डुबेर उनको मृत्यु भएको थियो । उनको मृत्यु सबैका लागि स्तब्ध पारिदिने खालको थियो किनभने त्यति बेला उनी ५४ वर्षकी थिइन् ।

यो अचम्मको संयोग हो किनभने श्रीदेवी आफै आफ्ना छोरीहरूलाई बाथरुम लक गर्न दिँदैन थिइन् । यो कुराको खुलासा जान्ह्वी कपुरले एउटा भिडियोमा गरेकी थिइन् । तर विडम्बना उनी आफैँ बाथरुम भित्र मृत अवस्थामा भेटिइन् । श्रीदेवी हिन्दी सिनेमामा एक करोड भारु पारिश्रमिक लिने पहिलो अभिनेत्री हुन् ।

५४ वर्षको उमेरमा उनको फिल्मी करियर ५० वर्ष पुगिसकेको थियो । ४ वर्षको उमेरदेखि नै चलचित्रमा सक्रिय श्रीदेवीले ३०० भन्दा बढी चलचित्रमा काम गरिन् । श्रीदेवी हिन्दी सिनेमामा एक मात्र अभिनेत्री थिइन् जसको कुनै फिल्ममा उपस्थिति मात्रै पनि हिट हुने ग्यारेन्टी मानिन्थ्यो ।

श्रीदेवीका लागि फ्यानहरूमा यतिसम्मको क्रेज थियो कि एक पटक कर्वा चौथमा उनी विमानबाट कतै गइरहेकी थिइन् र उनले चन्द्रमा हेरेपछि मात्रै आफ्नो व्रत तोड्नुपर्ने थियो । उनले पाइलटलाई यसबारे जानकारी दिएपछि उनले विमानको दिशा नै फेरेर श्रीदेवीलाई चन्द्रमा देखाए ।

श्रीदेवीको शव यात्रा भारतका चार सबैभन्दा ठुला अन्तिम यात्रामा गनिन्छ ।आज श्रीदेवीको पाँचौँ पुण्य तिथिमा उनको जीवनको केही रोचक किस्साबारे जानकारी लिऔँ । २० फेब्रुअरी २०१८ मा, श्रीदेवी आफ्नी कान्छी छोरी खुसी कपूर र श्रीमान् बोनी कपूरसँग भतिजो मोहित मारवाहको विवाहमा सहभागी हुन दुबई गएकी थिइन् ।

विवाह सकिएपछि श्रीदेवी केही दिन किनमेल गर्न दुबईमा बस्न चाहन्थिन्, किनभने केही दिनपछि ६ मार्चमा उनकी जेठी छोरी जान्हवी कपूरको जन्मदिन थियो र उनी उनको लागि उपहार किन्न चाहन्थिन् । श्रीदेवी बोनी पनि त्यही बसुन् भन्ने चाहन्थिन्, तर उनी लखनउमा एउटा महत्त्वपूर्ण बैठकमा सहभागी हुनुपर्ने भएकोले भारत फर्किए ।

फेब्रुअरी २१ र २२ मा श्रीदेवीले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट विवाहको सुन्दर तस्बिर सेयर गरिन् ।२४ फेब्रुअरी । श्रीदेवीले श्रीमान् बोनी कपूरलाई फोन गरिन् र भनिन् – पापा (श्रीदेवीले बोनी कपूरलाई मायाले यही नामले बोलाउने गर्थिन् आई एम मिसिङ यु ।

बोनी पनि श्रीदेवीलाई भेट्न चाहन्थे, त्यसैले उनले सरप्राइज दिने निर्णय गरे र दिउँसो ३ः३० बजेको फ्लाइट लिएर दुबई प्रस्थान गरे । अवतरणको लगत्तै बोनी ६ः२० मा होटेल पुगे । दुवैले करिब आधा घण्टा कुरा गरे र डिनरमा जाने निर्णय गरे। श्रीदेवी तयार हुन उठिन् र बाथरुममा गइन् । श्रीमान् बोनी लिभिङ एरियामा नै उनलाई पर्खन थाले ।

१० मिनेटको पर्खाइ १५ मिनेट र त्यसपछि २० मिनेटमा परिणत भयो तर श्रीदेवी बाहिर आइनन् । दुवै जना डिनरका लागि ढिलो भइसकेका थिए तर श्रीदेवीले भित्रबाट जवाफ दिइरहेकी थिइनन् । बोनी कपुर ढोका तोडेर भित्र पसे । उनले जे देखे त्यो हृदय विदारक दृश्य थियो । श्रीदेवी बाथ टबमा डुबेकी थिइन् ।

बोनीले उनलाई निकाले र आफ्ना साथीहरूलाई फोन गरे । केही समयपछि प्रहरी पनि पुगे । श्रीदेवीलाई अस्पताल लैजाँदै गर्दा उनको बाटोमै निधन भयो ।राति ११ बजेतिर यो खबर भारत पुग्यो । श्रीदेवीका देवर र बोनी कपूरका भाइ सञ्जय कपूरले श्रीदेवीको मृत्यु हृदयाघातका कारण भएको घोषणा गरे । यद्यपि पोस्टमार्टमको रिपोर्ट त्यति बेला सम्म आएको थिएन ।

दुबई प्रहरीलाई राती साढे दुई बजे मुद्दा बुझाइएको थियो । पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण टबमा डुबेर भएको खुलेको छ । जुन एक दुर्घटना हो । रिपोर्टमा स्पष्ट देखिएको थियो कि श्रीदेवीको शरीरमा अल्कोहल भेटिएको थियो र फोक्सोमा पानी भरिइसकेको थियो ।

दुबई प्रहरीले ३ दिनको अनुसन्धानपछि २७ फेब्रुअरी २०१८ मा श्रीदेवीको मृत्यु प्रकरणलाई बन्द ग¥यो । सोही दिन श्रीदेवीको पार्थिव शरीर अनिल अम्बानीको निजी जेटमा लिएर पति बोनी कपूर र छोरा अर्जुन कपूर मुम्बई पुगे । सन् २०१३ मा पद्मश्रीद्वारा सम्मानित श्रीदेवीलाई राज्य सम्मानका साथ अन्तिम बिदाइ गरियो र उनलाई बन्दुकको सलामी दिइएको थियो । अन्त्येष्टि अघि मुखमा सुनको टुक्रा राखिएको थियो अन्त्येष्टि हुनुअघि श्रीदेवीलाई दुलहीलाई झैँ श्रृङ्गारिएको थियो ।

उनको शृङ्गार ५ मिनेटमा गरियो र त्यसपछि उनको मुखमा सुनको टुक्रा हालियो । वास्तवमा, तमिलनाडुको तमिलहरूको परम्परा अनुसार, जब विवाहित महिलाको मृत्यु हुन्छ, उनको मुखमा सुनको पान राखिन्छ, जसलाई ताम्बूल भनिन्छ । यसलाई अखण्ड सौभाग्यको प्रतीक मानिन्छ ।

श्रीदेवीको शरीरलाई निकै महँगा टेम्पल ज्वेलरीले सजाइएको थियो । यी गहनाहरू देवीहरूलाई चढाइन्थ्यो । तर, समयसँगै विवाहित महिलाले पनि यस्ता गहना लगाउन थालेका छन् । यो गहनालाई शवसँगै जलाइन्छ, तर पछि यसलाई अस्थुबाट निकालिन्छ ।

सम्बन्धित खवर