बाँसुरीवादक मनोज सिंह नेवाले टर्की र सिरियाका भूकम्प पीडितका लागि कन्सर्ट गर्ने - Crazysaptahik.com

बाँसुरीवादक मनोज सिंह नेवाले टर्की र सिरियाका भूकम्प पीडितका लागि कन्सर्ट गर्ने

विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीमा मनोनित नेपाली बाँसुरीवादक मनोज सिंह नेवाले टर्की र सिरियाका भूकम्प पीडितको सहयोगार्थ कन्सर्ट गर्ने भएका छन् । फागुन २७ गते ‘सम्झना’ नाममा उनले ललितपुरको झम्सिखेलस्थित मोक्षमा च्यारिटी कन्सर्ट गर्ने भएका हुन् ।

सामाजिक सञ्जालबाट वक्तव्य जारी गर्दै नेवाले कन्सर्टबाट संकलित रकम भूकम्प प्रभावित क्षेत्रमा पठाइने उल्लेख गरेका छन् । हालै टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी ५७ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने लाखौं घरबारविहीन भएका छन् ।

मनोज सिंह नेवा ग्रामी अवार्डमा मनोनित पहिलो नेपाली संगीतकर्मी हुन् । देव प्रेमलको एल्बम ‘देवा’बाट उनी ग्रामीको बेस्ट न्यु एज एल्बम विधामा मनोनित भएका थिए । मनोजले आनी छोइङ डोल्मा, १९७४ एडी ब्याण्डसँग सहकार्य गरेका छन् । मनोजको आफ्नै ब्याण्डको नाम सुकर्म ब्याण्ड हो ।

 

सम्बन्धित खवर