फिल्म ‘जय हो’मा जोडिइन निशा अधिकारी - Crazysaptahik.com

फिल्म ‘जय हो’मा जोडिइन निशा अधिकारी

टेक पौरखी राईको निर्देशनमा छायांकन हुन लागेको फिल्म ‘जय हो’को शीर्षमध्येको एक भूमिकामा अभिनेत्री निशा अधिकारी अनुबन्धित भएकी छन् । फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेत र अधिकारबीच लिखित सहमति भएको छ ।

अधिकारी अभिनित पछिल्लो फिल्म ‘म’ साउनमा रिलिज भएको थियो । उनले हालै ‘आँखा’को छायांकन सकेकी छन् ।फिल्ममा यसअघि नै केकी अधिकारी, सलोन बस्नेत, अर्पण थापा र माओत्से गुरुङलगायतका कलाकार फाइनल भइसकेका छन् ।

फागुन २५ देखि छायांकन हुन फिल्मको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ । सुरेश न्यौपानेको पटकथा लेखन रहने फिल्ममा सौरभ लामाको छायांकन र शम्भुजित बाँस्कोटाको संगीत रहनेछ ।

कमेडी, एक्सन र लभस्टोरी जनरामा बन्न लागेको फिल्मलाई आगामी हरितालिका तीजमा प्रदर्शन गर्ने तयारी छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने फिल्मको निर्मातामा राज अधिकारी र सुरज सरकार छन् ।

सम्बन्धित खवर