अमेरिकी र्यापर आर केली चाइल्ड पोर्नोग्राफीमा दोषी ठहर, २० वर्षको जेल सजाय - Crazysaptahik.com

अमेरिकी र्यापर आर केली चाइल्ड पोर्नोग्राफीमा दोषी ठहर, २० वर्षको जेल सजाय


अमेरिकी सङ्गीत उद्योगका चर्चित गायक आर. केलीलाई शिकागोको सङ्घीय अदालतले बाल यौन अपराधमा २० वर्षको जेल सजाय सुनाएको छ । ५६ वर्षीय गायक रोबर्ट सिल्भेस्टर केलीविरुद्ध सन् २०१९ मा दायर गरिएका १३ आरोपमध्ये ६ मा दोषी ठहर गरियो ।

यी आरोपमा नाबालिगलाई यौन क्रियाकलापमा संलग्न गराएको तीन मुद्दा र यौन सम्बन्ध बनाएको तीन मुद्दा समावेश थिए । गायकमाथि लागेको आरोपको सुनुवाइमा, उनले आफ्नी तत्कालीन १४ वर्षीय छोरीको यौन शोषणका तीन भिडियो बनाएको न्यायाधिसले पाए ।

केलीले यी १४ वर्षीयलाई छोरी बनाएका थिए । केलीले यसअघि आफ्नी छोरीलाई दुर्व्यवहार गरेको र नाबालिगहरूलाई यौन सम्पर्क गर्न प्रलोभन देखाएको मुद्दामा सफाइ पाएका थिए । केली पहिले नै धोखा धडी र यौन तस्करीको आरोपमा ३० वर्षको जेल सजाय भोग्दै छन्, जुन उनलाई सन् २०२१ मा सुनाइएको थियो ।

अभिआयोजकहरूले केलीलाई ३० वर्षको जेल सजाय पुरा भएपछि २५ वर्षको थप सजाय दिइनुपर्ने बताएका थिए तर न्यायाधिसले यी दुवै सजाय सँगसँगै हुने बताए । यस्तोमा केली जन्मकैदको सजायबाट बचेका छन् । यद्यपि, उनले अझै ३१ वर्ष जेलमा बिताउनुपर्नेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.