चलचित्र पत्रकार संघमा चुनावी सरगर्मी : यी हुन् अध्यक्षका आकांक्षी - Crazysaptahik.com

चलचित्र पत्रकार संघमा चुनावी सरगर्मी : यी हुन् अध्यक्षका आकांक्षी

आगामी फागुन १७ गते आयोजना हुने चलचित्र पत्रकार संघको नवौं महाधिवेशनलाई लिएर चुनावी सरगर्मी बढेको छ । १७ सदस्यीय कार्यसमितिका लागि उम्मेदवारका आकांक्षीबीच भोट माग्दै मतदाता रिझाउन होड चलेको छ । अध्यक्ष पदमा राजन घिमिरे र विष्णु सुवेदीले उम्मेदवारी घोषणा गर्दै आफ्नो दाबी पेश गरिरहेका छन् ।

अध्यक्षको आकांक्षीमा तत्कालिन महासचिव समीर बलामी पनि छन् जो उम्मेदवारी घोषणाको लागि ‘पर्ख र हेर’को मुडमा छन् । महासचिव हुँदा संगठनमा सक्रिय भएर राम्रो काम गरेकाले पूर्वअध्यक्षहरु र पछिल्लो पुस्ताका पत्रकारले अध्यक्षमा आफू आइदिए हुन्थ्यो भन्ने आशा राखेको भन्दै बलामीले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

महासचिवमा रघुनाथ सापकोटा र प्रदीप कार्कीबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान छ । उपाध्यक्ष संगठनतर्फ विशाल राई, विजय सुवेदी र अशेष अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्ष कार्यक्रमतर्फ जीवन पराजुली, कुमार आचार्य र कुवेर गिरीबीच प्रतिस्पर्धा हुनेछ ।

महिला उपाध्यक्षमा सुरक्षा भट्टराई र शारदा थापा आकांक्षी छन् । सचिवमा गोपीकृष्ण चापागाइ र नवीन गिरीबीच प्रतिस्पर्धा हुनेछ । समावेशी सचिवमा उद्धव रसाइली र दीपक गुरुङले दावी पेश गरेका छन् । कोषाध्यक्षमा मनोज न्यौपाने र मनीष कार्की आकांक्षी छन् ।

सह–कोषाध्यक्षमा अहिलेसम्म मनिष अन्जानले मात्र दावी पेश गरेका छन् । सदस्यहरुमा चक्रप्रसाद जैसी (सीपी), सुरेन्द्र थापा, नवीन कार्की, मोहम्मद जालिम, अनुप भट्टराई, दिनेश थापा, सुशिल नेपाल, अर्जुन गुरागाईं, नवीन चापागाईं, कृष्ण पाण्डे र आकाश ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।

म्हिला सदस्यहरुमा सरिता भारती, सुष्मा कार्की र निशा बजागाईंको दाबी छ । समावेशी सदस्यमा बीना श्रेष्ठको उम्मेदवारी दिने भएकी छन् । कूल १६३ जना मतदाताले नयाँ कार्यसमिति चुन्नेछन् ।

सम्बन्धित खवर